Friday , 27 April 2018
News update
Home >> Features >> शिव परियारको सुपरहिट गीत ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक

शिव परियारको सुपरहिट गीत ‘आँशुको अर्थ’ को भिडियो सार्वजनिक

अहिलेका निकै चर्चित तथा व्यस्त गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । सयौ हिट गीत दिएर लाखौ दर्शक तथा स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँशुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख भन्दा बढी पटक हेरिसकिएको छ।

युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँशुको अर्थ’बोलको नया भर्सन गीतलाई नया बर्ष २०१८को पहिलो भिडियोको रुपमा आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समाबेश गरेका छन् ।

गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखनमा समेत आफुले प्रस्तुत गर्नु भएको छ ।पत्रकारिता ,चलचित्र निर्माण ,गीत लेखन र अभिनय समेत सक्रिय अधिकारीको निकै सक्रिय रहनु भएको छ ।

‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*