Friday , 27 April 2018
News update
Home >> Features >> ‘पिंजडा व्याक अगेन’लिएर जापान जाने भए निखिल र सञ्चिता

‘पिंजडा व्याक अगेन’लिएर जापान जाने भए निखिल र सञ्चिता

नायक निखिल उप्रेतीको अभिनय रहेको चलचित्र ‘पिंजडा व्याक अगेन’को अहिले निकै चर्चा रहेको छ।चलचित्रको सार्वजनिक भैसकेको तिन वटा र चलचित्रको ट्रेलरलाई सबैले मन पराएका छन्।

माघ ४ गतेबाट प्रदर्शनमा ‘पिंजडा व्याक अगेन’लाई निखिल उप्रेतीको लागि निकै महत्तोको साथ हेरिएको छ । निखिलको डेब्यु फिल्म ‘पिंजडा’को नाम सापटी लिएर निर्माण गरिएको ‘पिंजडा व्याक अगेन’ निखिलको लागि चल्ने पर्ने देखिन्छ।यस अघि निखिलको अभिनय केहि चलचित्र असफल भए पछि निखिललाई यस चलचित्रले सफलता दिनेमा उनि आशाबादी रहेका छन् ।

चलचित्र ‘पिंजडा व्याक अगेन’नेपाल रेलिज्को १० दिन पछि जापानमा पनि रिलिज गरिने भएको छ । यही जनवरी २८ तारिखमा फिल्मको बिशेष शो हुने भएको हो । उक्त शो मा सहभागी हुन निर्देशक हिमाल केसी, निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेल जापान जाने भएका छन् । जापानको टोकियोमा हुने प्रदर्शन लगत्तै अन्य शहरमा पनि भिन्न-भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो ।

चलचित्रमा निखिल उप्रेती , सारा सिर्पाली, सुस्मिता केसी,स्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्र ‘पिंजडा व्याक अगेन’ लाई मौनता श्रेष्ठले लेखेका हुन् ।

चलचित्र श्रीराम बरालको प्रस्तुतिमा ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।सुशान्त श्रेष्ठ र बसन्त शर्मा चलचित्रका कार्यकारी निर्माता रहेका छन् । सौरभ लामाको छायांकन रहेको यस चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको पनि लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*