Sunday , 15 July 2018
News update
Home >> Features >> मृगौला पिडितको सहयोगार्थ ‘मिस्टर झोले’को हङकङमा प्रिमियर हुने

मृगौला पिडितको सहयोगार्थ ‘मिस्टर झोले’को हङकङमा प्रिमियर हुने

यस बर्षको अर्को चर्चित चलचित्र ‘मिस्टर झोले’ भोलि बाट देशभरिका सिनेमा घरमा प्रदर्शनमा आउदैछ ।शुक्रबार बाट नेपालमा प्रदर्शन हुने ‘मिस्टर झोले’लाई आईतबार (जनवरी १४) हङकङमा प्रिमियर गरिनी भएको छ ।

चलचित्र ‘मिस्टर झोले’ को हङकङमा हुने प्रिमियर सो बाट उठेको रकम मृगौला पिडित दिलुमाया गुरुङको उपचारको लागि सहयोगार्थ हुनेछ । हङकङमा हुने प्रिमियर शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ जाने भएका छन् ।

गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट स-शुल्क बसको पनि व्यवस्था गरिएको छ ।

चलचित्र ‘मिस्टर झोले’ लाई भने रामबाबु गुरुङले निर्देशन गरेका हुन्।चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल,मनिराम पोखरेल लगायतको अभिनय रहेको छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*