Friday , 27 April 2018
News update
Home >> Features >> ‘ब्लाइन्ड रक्स’मा नायिका बेनिशा हमालको मन किन उड्यो ?(भिडियो)

‘ब्लाइन्ड रक्स’मा नायिका बेनिशा हमालको मन किन उड्यो ?(भिडियो)

चलचित्र ‘ब्लाइन्ड रक्स’को गीत सार्वजनिक भएको छ । बायोपिक ड्रामाले विहिबार पहिलोपटक गीत रिलिज गरिएको छ । बेनिशा हमाल फिचरिङ ‘उड्यो मन…’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रण छ ।

हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बानिका प्रधानको स्वर रहेको छ । गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द रहेको छ । ‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ ।’

चलचित्र ‘ब्लाइन्ड रक्स’फागुन १८गते बाट प्रदर्शनमा आउने भएको छ । निकेश लिम्बुले निर्माण गरेको यस चलचित्र पहिला लन्डन प्रदर्शन अनि नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ । माघको पहिलो साता सिनेमाले देशव्यापी टुर समेत थाल्दैछ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन पेश गर्ने बायोपिक सिनेमामा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*