Sunday , 15 July 2018
News update
Home >> Features >> पल र आँचल को ‘चिया कफी’लाई युट्युबमा करोड भ्यूज (भिडियो)

पल र आँचल को ‘चिया कफी’लाई युट्युबमा करोड भ्यूज (भिडियो)

पछिलो समय यता नेपाली चलचित्रका गीत संगीतले राम्रै बजार लिने गरेको छ ।अझै चलचित्रको गीतको युट्युबमा निकै दबदबा रहेको छ ।नेपाली चलचित्रको गीत युट्युबमा करोड पटक हेरिनु सामान्य बन्न पुगेको छ ।यो सब हुनु भनेको नेपाली गीत संगीतलाई ठुलै फाइदा हुनु हो ।

दुई बर्ष अघि युट्युबमा सार्वजनिक गरिएको चलचित्र ‘नाई नभन्नु ल ४’को ‘चिया कफी’ बोलको गीतलाई पनि युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ ।यस गीतमा अहिले चर्चित जोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ।‘नाई नभन्नु ल ४’बाट पल शाह र आँचल शर्मा नेपाली सिने नगरीमा डेब्यु गरेका थिए ।

निकै चर्चामा रहेको ‘चिया कफी’गीतमा बसन्त सापकोटाको संगीत तथा शब्द रहेको छ भने सुगम पोखरेल र ईन्दिरा जोशीको स्वर रहेको छ ।गीतलाई कविराज गहतराजको नूत्य निर्देशन गरेका हुन् ।गीतलाई २१ हजार लाइक र २ हजार डिसलाइक मिलेको छ भने १ हजार १४४ कमेन्ट प्राप्त भएको छ ।

यस चलचित्रलाई विकास आचार्यले निर्देशन गरेका हुन् भने हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गरेका हुन् ।।चलचित्रमा अनुभव रेग्मी,प्रियंका कार्की,पल शाह, बर्षा राउत,आचल शर्मा ,सरोज खनाल , मरिचमान श्रेष्ठ,शिशिर भण्डारी,पुष्प आचार्य लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*