Tuesday , 23 January 2018
News update
Home >> Features >> फ्राइडे रिलिजमा भिड्दै ‘मिस्टर झोले’र ‘बटरफ्लाई’

फ्राइडे रिलिजमा भिड्दै ‘मिस्टर झोले’र ‘बटरफ्लाई’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’र ‘बटरफ्लाई’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’र ‘बटरफ्लाई’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मिस्टर झोले’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘मिस्टर झोले’प्रदर्शनमा आएको छ ।‘‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्र निर्देशन गरेका रामबाबु गुरुङले ‘मिस्टर झोले’निर्देशन गरेका हुन् ।

चलचित्र ‘मिस्टर झोले’ दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल,मनिराम पोखरेल लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयूक्त लगानीमा निर्माण गरिएको हो । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको यस चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

‘बटरफ्लाई’
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘बटरफ्लाई’ प्रदर्शनमा आएको छ ।चलचित्रलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् ।‘बटरफ्लाई’मा आर्यन अधिकारी र प्रियंका कार्की,अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ। चलचित्रलाई अर्जुन जिसी र मन्दील श्रेष्ठले सम्पादन गरेका छन् भने छायाँकनमा सुरेश बज्राचार्य र द्वन्द निर्देशनमा कुमार महर्जन रहेका छन् ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् ।चलचित्रमा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*