Tuesday , 23 January 2018
News update
Home >> bollywood >> बलिउडका यी प्रेम जोडीले २०१८ मा बिबाह गर्दैछन्

बलिउडका यी प्रेम जोडीले २०१८ मा बिबाह गर्दैछन्

दीपिका पादुकोण र रणवीर सिंह अभिनित चलचित्र ‘पद्यावत’ रिलिज डेट अन्ततः फाइनल भएको छ । २५ जनवरीबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा रणवीर र दीपिका मुख्य भूमिकामा रहेका छन् । समाचारअनुसार रियल लाइफमा पनि यो जोडी २०१८ भित्र बिबाह गर्दैछन् ।

अभिनेत्री दीपिकाले गत ५ जनवरीमा आफ्नो ३२ औ जन्मदिन समेत मनाएकी थिइन् । सो अवसरमा रणवीरका फ्यामिलिले उनलाई हिराको सेट र साडी गिफ्ट दिएका छन् । रणवीर बिबाहका लागि तयार रहेको र दीपिकाले टार्दै आएको समेत समाचारमा उल्लेख गरिएको छ । दीपिका र रणवीर मात्र होइन, बलिउडमा त्यस्ता अन्य दर्जन प्रेमी जोडी छन् । जसले २०१८ मा बिबाह गर्न सक्नेछन् ।

सोनम कपुर र आनन्द आहुजा
अभिनेत्री सोनम कपुरले पनि प्रेमी आनन्द आहुजासँग यसबर्ष बिबाह गर्न सक्नेछिन् । सोनमले अप्रिलमा आनन्दका साथ बिबाह गर्ने चर्चा छ । आनन्द दिल्लीका ब्यवसाही हुन् । यी दुबैको बिबाह जोधपुरमा आयोजना हुनेछ । ३०० गेष्टको सहभागीता रहने बिबाहका लागि परिवारले तयारी समेत सुरु गरेका छन् ।

वरुण धवन र नताशा दलाल
नताशा र वरुणको प्रेम बच्चै देखिकै हो । यी दुबै धेरै समय एकसाथ गुजार्ने गरेका छन् । वरुणको अलवा नताशा उनको परिवारसँग पनि नजिक रहेकी छन् । परिवारसँगको तस्बिर सोसल मिडियाबाट सार्वजनिक समेत भएका छन् ।

प्रतीक बब्बर र सान्या सागर
प्रतीक बब्बर राजनीतिज्ञकी छोरी सान्या सागरसँगको डेटा छन् । लखनउ निवासी सान्या पेसाले लेखक, निर्देशक र कलाकार हुन् । दुबैले जवनरी २२ मा इन्गेजमेन्ट गर्दैछन् । कार्यक्रममा गरिब मानिस मात्र सहभागी हुने जनाइएको छ । ८ बर्षदेखि नजिक रहदै आएका यी दुबै रिलेसनसिपमा भने केही बर्षदेखि मात्र रहँदै आएका छन् ।

नरगिस फखरी र म्याट अलोन्जो
केही पहिले उदय चोपडासँगको डेटमा रहेकी अभिनेत्री नरगिस अहिले अमेरिकन निर्देशक म्यान्ट अलोन्जोसँगको डेटमा रहेकी छन् । दुबैले क्रिसमस पनि एकसाथ मनाएका थिए । दुबैले २०१८ भित्र बिबाह गर्ने योजना बनाएका छन् ।

ऋचा चड्ढा र अली फजल
फुकरे रिटन्र्सका काम गरेका अभिनेता अली फजल र ऋचा चड्ढा अहिले डेटमा छन् । यी दुबै एक बर्षदेखि रिलिेसन सिपमा रहेका छन् । छिट्टै बिबाह गर्नसक्ने मिडियाले समाचार बनाएका छन् । वेनिस फिल्म फेष्टिभलमा पनि दुबै हात समाउदै एकसाथ देखिएका थिए । २०१३ को चलचित्र पुकरेमा ऋचाले पंजाबी केटीको र अलीले जफर भाइको भुमिका निर्बाह गरेका थिए ।

मिलिन्द सोमण र अंकित कोंवर
क्याप्टन ब्योनका नामबाट चिनिएका मिलिन्द आफुभन्दा आधी उमेरकी गलफेण्ड अंकित कोन्वरसँग बिबाह गर्न सक्नेछन् । यी दुबै गत एक बर्ष देखि एक अर्काको डेटमा रहेका छन् । यी दुबैले यसै बर्ष बिबाह गर्ने जनाइएको छ । मिलिन्द अंकितको परिवारसन्ग पनि नजिक रहेका छन् ।

रुबिना दिलाइक र अभिनव शुल्का
टिभी सिरियल किन्नर बहुकी रुबिना दिलाइक लामो समयदेखि ब्वाइफ्रेण्ड अभिनव शुक्लाको डेट गरिरहेकी छन् । गतबर्षको दिवाली पनि यी दुबैले एकसाथ मनाएका थिए । यी दुबैको पहिलो भेट एक गणेश पुजामा भएको थियो ।

दीपिका कक्कड र शोएब इब्राहिम
२०१३ देखी दीपिका र शोएब डेटमा रमाउदै आएका छन् । दुबैले छिट्टै बिबाह गर्न सक्नेछन् । केही पहिले कार्यक्रम नच बलिएको सेटमा शोएबले दीपिकाको पारिवारकै अगाडि बिबाहको प्रस्ताव राखेका थिए । २०१३ मा रौनक मेहतासँग प्रेम बिबाह गरेकी दीपिकाले २०१५मा बिबाह तोडेकी थिइन् ।

हिना खान र रोकी जायसवाल
बिसबोस ११ की प्रतियोगी हिना खान ब्वाइफ्रेण्ड रोकी जयसवालका साथ लामो समयदेखि डेटमा छिन् । दुबै फेब्रुरीमा ताज महल पुगेका थिए । सो अवसरमा जमेर तस्बिर सुट समेत गराएका थिए । यी दुबै टिभी शो ये रिश्ता क्या कहलाता हैको सेटमा भेटिएका थिए । हिना यस शोकी मुख्य अभिनेत्री हुन् । रोकी शोका कार्यकारी निर्माता हुन् ।

प्रिंस नरुला र युविका चौधरी
बिग बोस सिजन ९ की बिजेता प्रिन्स नरुला छिट्टै गलफ्रेण्ड युविका चौधरीका साथ बिबाह गर्दैछन् । रियालटि शोको दौरानमा यी दुबैको बिबाहको कुरा बाहिर आएको हो । प्रिन्स र युविका एक अर्काको लागि निकै सिरियस रहेका छन् ।

अश्मि पटेल र महक चहत
बिग बोस ५ की प्रतियोगी महक चहल अमीषा पटेलका भाई अश्मित पटेलसँग बिबाह गर्दैछिन् । अहिले युरोप टुरमा रहेका यी दुईको सघाई समेत भइसकेको छ । महक र अश्मित २०१५को रियालटी शो पावर कपलमा भेटिएका थिए ।

मौनी राय र मोहित रैना
टिभी सिरियलमा नागिनको भुमिकामा देखिने मौनी देबो के देव महादेवका मोहित रैनालाई डेट गरिरहेकी छन् । दुबैले बिबाहको योजना समेत बनाएका छन् । दुबैले छिट्टै बिबाह गर्ने समेत सार्वजनिक गरेका थिए । देबो का देव महादेवमा मौनीले सतीको भुमिका निर्बाह गरेकी थिइन् । यी दुबैले न्यु इयर गोवामा एकसाथ इन्जोय गरेका थिए । मौनी चलचित्र ‘गोल्ड’मा अक्षयको आपोजित भुमिकामा देखिदै छिन् ।

गौतम रोडे र पंखुडी अवस्थी
सुर्यपुत्र कर्ण र सरस्वती चन्द्र जस्ता सिरियलमा देखिएका अभिनेता गौतम र अभिनेत्री पंखुडीले केही पहिले इन्गेजमेन्ट गरिरसकेका छन् । ४० बर्षिया गौतमाले आफु भन्द १४ बर्ष कान्छी पंखुडीसँग बिबाह गर्न लागेका हुन् । यी दुइले २०१८ भित्र बिबाह गर्ने सार्वजनिक गरेका छन् । गौतम र पंखुडी बिगत २ बर्षदेखि डेटमा रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*