Thursday , 22 February 2018
News update
Home >> bollywood >> ‘पद्मावत’को बक्स अफिसमा शानदार कमाई

‘पद्मावत’को बक्स अफिसमा शानदार कमाई

विहिबार रिलिज भएको चलचित्र ‘पद्मावत’ले भारतीय बक्सअफिसमा शानदार कमाई गरेको छ ।बुधबार गरिएको पेड प्रिभ्युमा ५ करोड कमाएको ‘पद्मावत’ले बिहिबार पहिलो दिन २४ करोडको ओपनिङ कलेक्सन गरेको छ ।

गणतन्त्र दिवसको अबसरमा दोस्रो दिन चलचित्रले ३२ करोड कलेक्सन गरेको छ ।पहिलो दुई दिनमा (पेड प्रिभ्यु ५ करोडसहित) ५६ करोड कमाएको ‘पद्मावत’ले आइतबार सम्म सय करोड कमाउने अनुमान गरिएको छ ।

रणवीर, साहिद र संजयलीलाको लागि उच्च ओपनिङ ‘पद्मावत’ले पहिलो दिन १९ करोडको ओपनिङ गर्दा रणवीर सिंह, साहिद कपूर र संजयलीला भन्सालीको करियरमा सर्वाधिक कमाउने सिनेमा बनेको छ ।

चलचित्र पद्मावतले बिदेशमा समेत प्रभास को अभिनय रहेको बाहुबली र आमिर खानको फिल्म दंगलले भन्दा बढी ओपनिङ कलेक्सन गरेको छ ।

१ सय ८० करोड माथिको बजेटमा निर्माण भएको यस चलचित्रले दर्शकको प्रतिक्रया निकै राम्रो पाएको छ ।धेरै नै विवादमा रहेको संजय लीला भंसालीले निर्माण तथा निर्देशन रहेको पद्मावत’मा रणवीर सिंह, साहिद कपुर र दीपिका पादुकोणको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*