Monday , 21 May 2018
News update
Home >> bollywood >> उर्वशी रौतेलाको बोल्ड सीन सहित ‘हेट स्टोरी ४’ को ट्रेलर सार्वजनिक (भिडियो)

उर्वशी रौतेलाको बोल्ड सीन सहित ‘हेट स्टोरी ४’ को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड चलचित्र ‘हेट स्टोरी’ शृंखलाको चौथो भाग ‘हेट स्टोरी ४’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बोल्ड सीन सहितको सार्वजनिक ट्रेलरमा उर्वशी रौतेलालाई निकै बोल्ड अबतारमा देख्न सकिन्छ।

बोल्ड चलचित्रको रुपमा चिनिएको ‘हेट स्टोरी’ सीरिजको यस चलचित्र यस अघिको चलचित्र भन्दा अझै यसमा बढी बोल्ड सीन देख्न सकिन्छ ।विशाल पान्ड्याको निर्देशन रहेको ‘हेट स्टोरी ४’ मार्च ९ तारिखमा रिलिज हुदैछ ।

थ्रिलर  चलचित्र ‘हेट स्टोरी ४’ मा उर्वशी रौतेला ,करन वाही,विवन भाठेना ,गुलशन ग्रोवरको मुख्य भूमिका रहेको छ । ‘हेट स्टोरी’ २०१२म रिलिज भएको थियो भने चलचित्रलाई विवेक अग्निहोत्रीले निर्देशन गरेका थिए।जम्मा ९ करोडमा निर्माण भएको त्यस चलचित्रमा पाओली दाम मुख्य भूमिका देखा परेकी थिन। चलचित्रले १६.४३ करोड़ कमाएको थियो ।

त्यस्तै विशाल पांड्याको निर्देशनमा २०१४ मा ‘हेट स्टोरी 2’ निर्माण गरिएको थियो ।चलचित्रले बॉक्स ऑफिस मा ३१.०७ करोड कमाएको थियो।विशाल पांड्याले २०१५ मा ‘हेट स्टोरी 3’ निर्देशन गरेका थिए ।चलचित्रमा ज़रीन खान, डेजी शाह, करन सिंह ग्रोवर र शरमन जोशी मुख्य भूमिकामा रहेका थिए ।२० करोड लगानीमा निर्माण गरिएको ‘हेट स्टोरी 3’ले ५५ करोड कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*