Monday , 20 August 2018
News update
Home >> Features >> चलचित्र ‘शत्रु गते’मा पल रआँचलको ‘पिरतीको बर्को’ (भिडियो)

चलचित्र ‘शत्रु गते’मा पल रआँचलको ‘पिरतीको बर्को’ (भिडियो)

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को दोस्रो गीत गीत सार्वजनिक गरिएको छ ।चलचित्रको यस अघि सार्वजनिक ‘रुपै मोहनी…’ बोलको गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका थिए ।

बुधबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘शत्रु गते’ ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक गरिएको हो ।अर्जुन भट्टराईको शब्द रहेको सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको स्वर र संगीत रहेको छ । नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ गरिएको यस गीतलाई  प्रविन सिंहले नृत्य निर्देशन गरेका हुन् ।

चैत्र ९ गते गते प्रदर्शनमा आउने ‘शत्रु गते’लाई मह सञ्चारको प्रस्तुती र किरण केसीले निर्माण गरेका हुन् ।चलचित्रलाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् ।

‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*