Monday , 20 August 2018
News update
Home >> Features >> चितवन मेरो माईती हो :अभिनेत्री स्वेता खड्का

चितवन मेरो माईती हो :अभिनेत्री स्वेता खड्का

यहि फागुन ४ गतेदेखि प्रदर्शनमा आउन लागेको नायिका स्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली आज चितवन आईपुगेको छ ।

चितवनमा आज पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेको समसामयिक विषयमा कान्छी तयार भएको बताउनु भएको छ ।

‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्ने वित्तीकै जुन मायाँ ममता जाग्छ, चलचित्रमा पनि त्यही छ’, खड्काले भन्नुभयो ।अहिले निर्माण समुह प्रचार अभियानमा जिल्ला जिल्लमा छ ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र स्वेता खड्का छन् । पत्रकारका वीच बोल्दै कलाकार राईले ‘सानो सपना र ठुलो दुखको भोगाई नै चलचित्र कान्छी हो’, भन्नुभयो । उहाँका अनुसार उक्त चलचित्रमा समकालिन साथीहरुको कथा समेटिएको छ ।पत्रकारको जिज्ञासामा उहाँले चलचित्रमा प्रिय कान्छी रहेको र जुन पूरुषवादी सोचको कान्छी भने नभएको उल्लेख गर्नुभयो ।

उनीहरुले चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी र नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै चलचित्र उत्कृष्ट बनाउने कोशिष गरेको बताएका छन् । चलचित्रको ‘चरि चट्ट परी’ भन्ने गीत अहिले चलचित्र नगरिमा चर्चित छ ।

नायिका खड्काले रेग्मी कै चलचित्र ‘कहाँ भेटिएला’मा चितवनबाटै पहिलो अभिनय शुरु गर्नुभएको थियो । ‘फष्ट अभिनयको प्रयोग चितवन हो, त्यसैले चितवन मेरो माईती हो खड्काले भन्नुभयो, शिव सर र दादा (श्रीकृष्ण)ले कतैबाट आशिर्वाद दिईरहेको महसुस भैरहेको छ ।’

उहाँले यसको कथा भने कोहिनूर चलचित्र छायाँकन कै क्रममा भारतमा तयार भएको भएपनि अहिले फरक रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।चलचित्रमा अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीले त्यो बेला पहिले सिनेमामा ल्याउँदै श्रीमान स्व रेग्मीले उत्कृष्ट नायिका हुन्छ भनेको कुरा आज साकार भएको महसुस भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*