Monday , 20 August 2018
News update
Home >> Features >> तीजमा भिड्दै तिन ठुला चलचित्र ‘रामकहानी’,‘सुश्री सम्पत्ति’र ‘भैरे’

तीजमा भिड्दै तिन ठुला चलचित्र ‘रामकहानी’,‘सुश्री सम्पत्ति’र ‘भैरे’

२०७५ सालमा नेपाली सिनेमा क्षेत्रमा सबै भन्दा ठुलो भिडन्त हरितालिका तीजमा हुने भएको छ ।तीजको अबसरमा तिन ठुला चलचित्र भिडन्त हुने भएको छ।

नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा चलचित्र निर्माण गर्न लेको चलचित्र ‘रामकहानी’तीजको अबसरमा भाद्र २२ गते बाट प्रदर्शनमा आउदैछ ।यता संचारकर्मी सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको ‘सुश्री सम्पत्ति’पनि तीजको अबसरमा प्रदर्शनमा आउदैछ।त्यस्तै एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नु भएको चलचित्र ‘भैरे’पनि तीजमा नै रिलिज हुने भएको छ।

ठुला र सम्भावना भएका यी तिन चलचित्र तीजको अबसरमा प्रदर्शनमा भए पछि यस पाली तीजमा ठुलै भिडन्त हुने भएको छ ।चलचित्र ‘भैरे’को छायांकन सकिएर सम्पादनको काम भै रहेको छ भने ‘रामकहानी’ र ‘सुश्री सम्पत्ति’ छायांकनको तयारीमा रहेको छ ।

चलचित्र कमेडी लभस्टोरीमा केन्द्रित हुने चलचित्र ‘रामकहानी’मा लेखन तथा निर्देशन सुदर्शन थापाको नै रहने छ।चलचित्रमा मुख्य कलाकारमा पूजा शर्मा सगै सरोज खनाल , आकाश श्रेष्ठ,केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सनविक्रम राई (तक्मे बुढा) र रविन्द्र झाको अभिनय रहने छ ।दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ।

सुब्रत आचार्यको निर्देशनमा बन्ने ‘सुश्री सम्पत्ति’मा सलोन बस्नेतको र सारा सिर्पाली मुख्य भूमिका देखिदै छन् ।फिल्ममा सलोन र साराका अलवा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विराशद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय रहने छ ।

निर्देशक आचार्यकै कथा रहने फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने छ ।अर्जुन तिवारीले खिच्ने फिल्मलाई भरत रेग्मीले सम्पादन गर्नेछन्। रमेश त्वयनाको प्रस्तुतिमा बन्ने फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहनेछ।

त्यस्तै एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको ‘भैरे’मा दयाहाङ राई,सुनिल थापा , बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा,अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको चलचित्र ‘भैरे’मा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । चलचित्र ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा देवी माया अधिकारी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*