Monday , 20 August 2018
News update
Home >> Features >> कलाकार संघको अवार्ड चैत्र १६ मा हुने

कलाकार संघको अवार्ड चैत्र १६ मा हुने

नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न ‘फान अवार्ड २०७३’ को घोषणा गरिएको छ । नेपाल चलचित्र कलाकार संघले सोमबार काठमाडौँ स्थित पत्रकार सम्मेलन गरि फान अवार्ड -२०७३ ढिला हुनुको कारण तथा यो अवार्ड कार्यक्रम २०७४ साल चैत्र १६ गते शुक्रबारका दिन आर्मी अफिसस क्लव काठमाडौँ,भद्रकालीमा सम्पर्ण हुने जानकारी दिएको छ ।

संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ चैत १६ गते हुने जानकारी दिएक हुन् । २४ विधामा वितरण गर्न लागिएको अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ ।

फान अवार्डमा उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव-अभिनेत्री, उत्कृष्ट नव-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकारको विधामा ‘फान अवार्ड’ वितरण गरिने छ ।यस्तै, अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको विधामा पनि छ ।

आजको कार्यक्रममा कलाको बिभित क्षेत्रमा समाबेस भएका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न कलाकार चलचित्र संघका महासचिवले यो कार्यक्रममा बोल्दै कार्यक्रम ढिला हुनु साथै यो अवार्ड कार्यक्रमको थालनी गरिनुको उदेश्यबारे बताएका थिए ।

पत्रकार सम्मेलनकै बेलामा संघले नव निर्वाचित फानको कार्य समितिलाई पनि बधाई तथा शुभकामनाका साथमा मायाँको चिनो प्रदान गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*