Monday , 21 May 2018
News update
Home >> music & more >> मोडल एलिशा राईलाई गायक सुजन तिगेला लिम्बुले ’कसम मन पर्यो’भने पछि (भिडियो)

मोडल एलिशा राईलाई गायक सुजन तिगेला लिम्बुले ’कसम मन पर्यो’भने पछि (भिडियो)

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम’कालजयी (२’ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

भिडियोका बारेमा जानकारी दिदै निर्देशक शान थापा गीतले प्रेम भाव व्यक्त गर्छ यसैले पनि प्रणय दिवसकै सेरोफेरोमा सार्वजनिक गरेका छौ । गीत रमाइलो बनाउने कोशिस गरेका छौ । गीतकै भाव अनुसार यसमा सुजनजी र एलिशाजीलाई फिचरीङ गराएका छौ । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गरेको छ ।

२०५८ साल देखि सांगीतिक यात्रा सुरु गरेका सुजन तिगेला लिम्बु ले यस एल्बममा संग्रहित गीत ’कसम मन पर्यो’ को भिडियो प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरेको छु । गीतमा मैले लिम्बु कल्चर पनि समेटेको छु । गीतमा म आफैले अभिनय गरेको छु । लिम्बु कल्चर समेटिएकोले म आफैले अभिनय गरेको हु । दर्शकको रोजाई अनुसारको भिडियो तयार गरेको जस्तो आभाष भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*