Monday , 21 May 2018
News update
Home >> Features >> ‘पसिना’ मा गौरवले अनुलाई भेट्दा हावा सिरिरि चलेपछि (भिडियो)

‘पसिना’ मा गौरवले अनुलाई भेट्दा हावा सिरिरि चलेपछि (भिडियो)

नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ को मंगलावर राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको छ ।चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ ।

कार्यक्रममा बोल्दै आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । ‘सामाजिक र यथाथए घटनालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ’ निर्देशक आर.बि.खत्री ‘शरद’ले भने ।

चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका छन् भने शिव बि.क.को नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ । सार्वजनिक गीत “हावा चल्यो सिरिरि”मा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*