Saturday , 23 June 2018
News update
Home >> Features >> बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को पोष्टरको सार्वजनिक

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को पोष्टरको सार्वजनिक


बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’ को पोष्टरहरु सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्ममा देखिने जोडीलाई नै समेटिएको छ । सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोष्टर तयार गरिएको छ । सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ ।

थिम अनुसारनै फिल्मको पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताए । श्रीधर पौडेलको फोटोग्राफी रहेको यस पोष्टरलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन् ।निर्देशक प्रदिप भट्टराईले कथा अनुसार नै तयार पारेका छौ । पोष्टरमा जोडीलाई प्रस्तुत गरिएको छ भने एक पोष्टरमा सबै कलाकारलाई अटाएका छौ । पोष्टरलाई फिल्मकै थिम अनुसार र क्यारेक्टर अनुसार नै तयार गरिएको छ ।

चलचित्रको यस अघि सार्वजनिक पहिलो गीत रुपै मोहनी ९४ लाख भन्दा बढी पटक युट्युबमा हेरिसकिएको छ भने दोस्रो सार्वजनिक गीत पिरतीको बर्कोलाई पनि दर्शकले रुचाइरहेका छन् । ‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चैत्र ९ मा रिलिज हुने ’शत्रु गते’ को सिनेमा हलमा रिलिज गरिएको फिल्मको ट्रेलरलाई दर्शकले रुचाइ रहदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*