Saturday , 23 June 2018
News update
Home >> bollywood >> टाइगर श्राफको ‘बागी २’को ट्रेलरले नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थान कब्जा

टाइगर श्राफको ‘बागी २’को ट्रेलरले नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थान कब्जा

टाइगर श्रफ स्टारर अभिनित बलिउडको प्रतिक्षित ‘बागी २’ को ट्रेलरले युट्युबमा धमाका नै मचाएको छ । दुई दिनमा नै दुई करोड भन्दा बढिले युट्युबमा ‘बागी २’ को ट्रेलर हेरी सकेका छन् ।

उक्त ट्रेलर नेपाल युट्युब ट्रेन्डिङको नम्बर एकमा रहेको छ ।रिलिज भएको एक दिनमा नै टाइगर श्राफको एक्सन चलचित्र ‘बागी २’ ले नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा कब्जा गर्न सफल भएको छ । ३१ हजार पाँच सयभन्दा बढी कमेन्ट पाएको युट्युबमा उक्त ट्रेलरलाई ३ लाख ७२ हजारले लाइक गरेका छन् भने १९ हजारले डिसलाइक गरेका छन् ।

ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा देखिएका उनको लुक निकै धमाकेदार छ। यो फिल्ममा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ। मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा पनि फिल्मका मुख्य कलाकार हुन्।

अहमद खानले निर्देशन गरेको ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। चलचित्र आउँदो मार्च ३० अर्थात चैत १६ मा रिलिज हुँदैछ। ‘बागी २’रिलिज नहुदै ‘बागी ३’ बन्ने समेत घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*