Saturday , 23 June 2018
News update
Home >> bollywood >> चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

फागुन १३, एजेन्सी । चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ बर्षको उमेरमा  शनिबार राति युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार वैवाहिक समारोहका लागि युएईमा पुगेका बेला हृदयघात भएर उनको निधन भएको हो।

उनले बाल कलाकारको रुपमा ुमलयालम’ र ‘मे तेलुगु’ चलचित्रमा पनि अभिनय गरेकी छन्। त्यस्तै श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छन्।

श्रीदेवीलार्इ सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् ।

उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*