Saturday , 23 June 2018
News update
Home >> Features >> सनुप पौडेल र कल्याण सिंहको मुखौटा सार्वजनिक (भिडियो)

सनुप पौडेल र कल्याण सिंहको मुखौटा सार्वजनिक (भिडियो)


पछिल्लो समय राम्रो म्युजिक भिडियो निर्देशकको रुपमा चिनिएका निकेश खड्काको नया म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् । निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास तामाङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक निकेश खड्काले भिडियोलाई फिल्म लुटको फ्लेबरमा निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*