Saturday , 23 June 2018
News update
Home >> Article >> चलचित्र ‘भैरे’को ‘सान्नानीलाई भेट्न आउँदा’ गीत रिलिज

चलचित्र ‘भैरे’को ‘सान्नानीलाई भेट्न आउँदा’ गीत रिलिज

काठमाडौं, अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो ।

गीतको भिडियोमा अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटीको फिचर छ । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन गज्जब छ । उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन् । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।
लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ । फिल्मको गीतमा अञ्जु पन्त र प्रमोद खरेलले पनि स्वर दिएका छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।

गीत हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*