Saturday , 23 June 2018
News update
Home >> Features >> दयाहाङ राई अभिनित ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

दयाहाङ राई अभिनित ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

चैत ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।सोमवार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र कमेडी देखाउना खोजिएको छ ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुना कार्की, प्रनिशा सिलवाललगायतका कलाकारको मुख्य भूमिका छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ ।
 चलचित्रमा नायक दयाहाङ राई पहिलो पटक खलनायकको भूमिकामा देखिएका छन् । चलचित्र भित्र दयासँग रोहित र वुद्धिको द्धन्द्ध देखाइएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक तथा निर्माता रोहित रुम्बाले कमेडी कथामा रमाइलो चलचित्र बनाएको बताए । उनले, चलचित्रमा दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा नदेखिएको स्पष्ट पारे । यस्तै, नायिका छुल्ठिम गुरुङले यो चलचित्रको कथा असाध्यै मन परेकाले काम गरेको बताइन् । अर्का, कलाकार वुद्धि तामाङले चलचित्रमा एक्सन गर्दा गाह्रो भएपनि रमाइलो भएको बताए ।

तारा थापाको सम्पादन रहेको चलचित्रका निर्माता रोहित रुम्बा नै हुन् ।चलचित्रमा रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो चलचित्रले सामाजिक कमेडी कथालाई उठान गरिएको छ ।यहि मितिमा युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पनि रिलिज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*