Saturday , 23 June 2018
News update
Home >> Features >> ‘रियालिटी शो’ ‘मेघा सिनेस्टार’को औपचारिक घोषणा

‘रियालिटी शो’ ‘मेघा सिनेस्टार’को औपचारिक घोषणा

नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ ।

‘ओ मेगा इन्टरटेनमेन्ट’ ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।

कार्यक्रममा अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक आकाश अधिकारी चलचित्र वितरक गोपालकाजि कायस्थ, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा आयोजकहरुले कार्यक्रमको बारेमा नियम हरुको बारेमा बताएका थिए । उक्त रियालिटी शो मा भाग लीनेले अभिनय गर्नु पर्ने छ । कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए ।उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए ।

ओ मेगा इन्टरटेनमेन्ट’ ले गर्न लागेको ‘नेपाल्स मेघा सिनेस्टार’ मा तिन हस्ती नेपाली कलाकर्मीहरु सोभित बस्नेत, निश्चल बस्नेत, र माल्भिका शुब्बा जज रहने छन् । उक्त रियालिटी शो को काठमाडैाँ संगै चितवन,पोखरा, बुटवल,नेपालगन्ज,बिरगंज,इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने भएको छ । कार्यक्रममा तिनै जना जजहरुले उक्त ‘रियालिटी शो’ को बारेमा बताउदै आफुहरुले सकेसम्म राम्रो संग मिलेर जुरीको काम गर्ने बताएका थिए ।

उक्त रियालिटी शो मा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार राशी प्राप्त गर्ने आयोजकले बताएका छन् । पुरस्कारहरुमा नगद २० लाख राशी, एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार गरेर १ करोड बराबरको पुरस्कार रहने जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*