Saturday , 23 June 2018
News update
Home >> Features >> केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक

केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक

अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीत रहेको छ । चलचित्रको छायांकनका तस्बिरहरूलाई राखेर बनाइएको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।‘कोहलपुर एक्सप्रेस’लाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् ।

चलचित्रमा अर्जुन तिवारीको छायांकन,राजनराज सिवाकोटी,अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत रहेको छ । केकीका सगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’को निर्माताका रुपमा रहेका छन् ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को यस अघि सार्वजनिक गीत ‘सि-ओे-डब्लु काउ…’ लाई सबैले मन पराएका छन् ।चलचित्र बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*