Saturday , 23 June 2018
News update
Home >> Features >> ‘मंगलम’को नयाँ गीत रिलिज ,चलचित्रमा शिल्पा र पुष्पको अभिनयको तारिफ (भिडियो)

‘मंगलम’को नयाँ गीत रिलिज ,चलचित्रमा शिल्पा र पुष्पको अभिनयको तारिफ (भिडियो)

गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’को नयाँ गीत रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको ‘भन के गरुँ…’ बोलको गीतमा राज सिग्देल र जुनु रिजालको स्वर छ ।आनन्द अधिकारीको शब्दमा कविराज गहतराजले कोरियोग्राफी गरेका यस गीतमा नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्का फिचरिङ गरिएको छ ।

पारिवारिक प्रेम कथामा बनेको ‘मंगलम’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । बिशेष गरेर कथाबस्तु सगै शिल्पा र पुष्पको अभिनयको सबैले तारिफ गरेका छन् । सिङ्गल थिएटरमा पकड राख्ने छवि ओझाको फिल्मले यसपटक मल्टिप्लेक्समा समेत कब्जा गरेको देखियो ।

चलचित्र ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का , साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्मा, नीर शाहको मुख्य भूमिका रहेको छ । यसै चलचित्र मार्फत नायिका शिल्पा पोखरेल निर्मात्रीको रुपमा समेत देखा पर्दैछिन् ।

चलचित्रलाई विष्णु घिमिरेले छायाँकन दिपक शर्माले संगित, कविराज गहतराजले नृत्व निर्देशन र मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । गोविन्द फुँयालको कथा रहेको मंगलमम्मा दिजेन्द्र शाक्या, साकार ओझा, र ओम गुरुङको समेत लगानी रहेको छ ।चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*