Friday , 27 April 2018
News update
Home >> Features >> आँचल शर्मा भन्छिन चुम्बन र बेडसिन कहिल्यै दिन्नँ

आँचल शर्मा भन्छिन चुम्बन र बेडसिन कहिल्यै दिन्नँ

युवापुस्तामा निकै चर्चामा रहेकी नायिका आँचल शर्माले फिल्ममा वेड सिन र किस सिन नदिने अडान लिएकी छन् । यस्ता दृश्य भएका फिल्मको प्रस्ताव आए आफुले फिल्म नै नखेल्ने उनले बताइन् ।

आइतबार फिल्म ‘शत्रुगते’को प्रेशमिटमा आँचलले भनिन्, ‘मैंले अहिलेसम्म फिल्ममा वेडसिन र किससिन दिएको छैन र, दिंदा पनि दिन्न ।’ चैत ९ गतेदेखि प्रदर्शनमा आउने मल्टीस्टारर फिल्म ‘शत्रुगते’ मा पनि त्यस्ता सिनहरु नरहेको आँचलले प्रष्ट्याइन् । मह जोडीको ब्यानरमा किरण केसीको प्रस्तुती रहेको शत्रुगते मा काम गर्न पाउँनु आफ्नो लागि भाग्यको कुरा रहेको आँचलले बताइन् ।

दुःख लाग्छ केहीले मलाई पलको गलफ्रेण्ड भनेर भन्नुहुन्छ । हामी दुईलाई थाहा छ हामीबीच प्रेम छैन । त्यसैले अब त यो कुरा सामान्य लाग्न थालिसकेको छ ।’ उनी भन्छिन् । आँचल, पलसँग नाम जोडिँदा केही कुरामा फाइदा भएको पनि सुनाउँछिन् ।

प्रदीप भट्टराई निर्देशित ‘शत्रुगते’ मा आँचलको अपोजिटमा नायक पल शाह प्रस्तुत भएका छन् ।चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् ।

‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*