Friday , 27 April 2018
News update
Home >> bollywood >> बलिउड स्टार टाइगर श्राफले दिए नेपालीलाई नयाँवर्षको शुभकामना,बागी २ हेर्न आग्रह (भिडियो)

बलिउड स्टार टाइगर श्राफले दिए नेपालीलाई नयाँवर्षको शुभकामना,बागी २ हेर्न आग्रह (भिडियो)

पछिल्लो समय भारतीय सिनेमाले नेपाली बजारमा राम्रै कमाई गर्न थालेको छ ।नेपालमा एउटा भारतीय चलचित्रले कति सम्म कलेक्सन गर्छ भन्ने कुरा बाहिर न आए पनि चलचित्र आमिर खानको पिके २५ करोड माथिको व्यापार गरेको अनुमान गरिएको थियो ।

यहि चैत्र १६ गते बाट प्रदर्शनमा आउन लागेको बलिउड स्टार टाइगर श्राफले आफ्ना नेपाली दर्शकलाई नयाँवर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । जारी भिडियो सन्देशमा अभिनेत्री दिशा पटानीले समेत नयाँ वर्षको कामना व्यक्त गरेकी छन् ।

आगामी शुक्रबार रिलिज हुन लागेको आफू अभिनित फिल्म बागी २ हेर्न समेत यी दुई स्टारले आग्रह गरेका छन् । सयभन्दा बढी नेपाली पर्दाबाट फिल्म रिलिज हुने बताउँदै उनीहरुले हलको विस्तार र विकासको समेत प्रशंसा गरेका छन् ।

एक्सन ड्रामा बागीको यो दोसो सिरिज यतिबेला नेपाली हलमा प्रतीक्षित छ । अघिल्लो प्रिक्वेलले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*