Sunday , 15 July 2018
News update
Home >> Article >> चलचित्र ‘लिली विली’ को यूनिट प्रचार गर्दै चितवनमा, नायक प्रदिप भन्छन्,­ ‘यो पनि मेरो डेब्यू’

चलचित्र ‘लिली विली’ को यूनिट प्रचार गर्दै चितवनमा, नायक प्रदिप भन्छन्,­ ‘यो पनि मेरो डेब्यू’


नारायण ढुंगाना, चितवन, १२ चैत : पारिश्रमिक धेरै लिने अभिनेताको परिचय बनाएका चलचित्र नायक प्रदिप खड्काले ‘लिली विली’ आफ्नो डेब्यू फिल्म भएको बताएका छन्।

यही चैत ३० बाट देशै भरी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको आज चितवनमा भएको पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। ‘प्रेमगितको ट्यागलाई छाडेर फेरी डेब्यू गरेको छु, प्रदिपले भने, मेरो हरेक फिल्म डेब्यू हुने गरेको छ ।’
यसअघिको प्रेमगीत एउटा ब्राण्ड थियो, अब लिली विलीमा हिट भएभने प्रदिपको क्रेज बढ्ने पक्का छ । त्यसैले उनको यो फिल्म परीक्षा जस्तै हो।

चलचित्रमा डेब्यू गरेकी नायिका जसिता गुरुङले ईमोसनल र सिम्पल केटीको भूमिका खेलेको बताईन्। उनलाई निर्देशक मिलन चाम्सले सपन ईन्टरटेनमेन्टले बेलायतमा आयोजना गरेको डान्स कम्पिटिसनमा देखेपछि अडिसनबाट छानेर लिएका थिए।

चलचित्रबारे बताउँदै निर्देशक चाम्सले बेलायत, स्कटल्याण्ड र टर्कीको स्तनबुलमा छायाँकन गरेको ‘लिली विली’ नेपाली अडियन्सका लागि नेपाली सिनेमा हो भनेर गर्व गर्न लायकको बनेको दावी गरे।वर्किङ टाईटल क्याची भएपछि नै ‘लिली विली’ नाम जुरेको बताउँदै चाम्स टाईटल बारे भने, ‘सायद कुनै क्यारेटर होला।’

नेपालमा छायाँकन नगरेको विषयमा उठेको प्रश्नमा उनले बाहिर भएपनि नेपालको प्रतिनिधित्व गरेको प्रतिक्रिया दिए । चलचित्रमा प्रदीप र जसिता सहित अहिलेको चलेकी नायिका प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा चलचित्र निर्माण भएको हो।गोविन्द शाही, सुदिप खड्का र चाम्सको यसमा लगानी छ । गायक प्रताप दासले लिली विली नाम नै काफी भएको प्रतिक्रिया दिए। चार वटा गीत रहेको चलचित्रमा २ वटा भने सार्वजनिक भैसकेको छ ।

चलचित्रका निर्माता सुदिप खड्काले फिल्मको क्लाईमेक्स हेर्दा आफु र चाम्स रोएको स्मरण गर्दै भने, ‘नेपाली चलचित्र क्षेत्रलाई एक स्टेप माथि उठाउन लिली विली सफल भएको छ ।’ सफल हुने या असफल, त्यो हेर्न भने चैत्र ३० पर्खिनै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*