Sunday , 15 July 2018
News update
Home >> bollywood >> टाइगर श्राफ अभिनित ‘बागी २’को पहिलो दिन बक्स अफिसमा शानदार कमाई

टाइगर श्राफ अभिनित ‘बागी २’को पहिलो दिन बक्स अफिसमा शानदार कमाई

शुक्रबार बाट प्रदर्शनमा आएको टाइगर  श्राफ स्टारर अभिनित बलिउडको प्रतिक्षित ‘बागी २’ले बक्स अफिसमा ओपेनिंग कमाई शानदार गरेकी छ । २०१६ मा प्रदर्शनमा आएको सफल चलचित्र बागी सीक्वेल ‘बागी २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा २५.१०करोड कमाई गरेको छ ।

‘बागी २’ले यस बर्ष पहिलो दिनमा धेरै कमाउने ‘पद्मावत’ र ‘पैडमैन’ जस्ता चलचित्रलाई समेत पछि परेको छ ।चलचित्र निर्माण बाट नै निकै चर्चामा रहेको ‘बागी २’ले पहिलो हप्तामा सजिलै सय करोड कमाउने अनुमान समेत गर्न थालिएको छ ।

चलचित्रमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा देखिएका उनको लुक निकै धमाकेदार छ। यो फिल्ममा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ। मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा पनि फिल्मका मुख्य कलाकार हुन्।

इमोशन , सस्पेन्स , थ्रिल र एक्सन सामबेश यस चलचित्रलाई दर्शक रुचाएका छन् । यस चलचित्रलाई पैसा असुल चलचित्र समेत भनिएको छ । यस चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् ।साजिद नाडियाडवालाले निर्माण गरेको ‘बागी २’रिलिज नहुदै ‘बागी ३’ बन्ने समेत घोषणा गरिसकेका छन् ।चलचित्र भारतमा ३५०० तथा बिदेशमा ६२५ पर्दामा रिलिज गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*