Sunday , 15 July 2018
News update
Home >> bollywood >> टाइगर श्राफको ‘बागी २’ले तिन दिनमा कमायो ७३.१० करोड

टाइगर श्राफको ‘बागी २’ले तिन दिनमा कमायो ७३.१० करोड

टाइगर श्राफ अभिनित बलिउड चलचित्र त ‘बागी २’ले बक्स अफिसमा आक्रामक कलेक्सन गरि रहेको छ ।शुक्रबार बाट प्रदर्शनमा ‘बागी २’ले पहिलो तिन दिनमा नै ७३.१० करोड कमाई गरेको छ ।

२०१६ मा प्रदर्शनमा आएको सफल चलचित्र बागी सीक्वेल ‘बागी २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा २५.१०करोड कमाई गरेको थियो ।त्यस्तै दोस्रो दिन फिल्म ‘बागी २’ ले २०.४० करोड कलेक्सन गरेको छ ।आईतबार ‘बागी २’ २७.६० करोड कमाउदै तिन दिनमा ७३.१० करोड कमाएको हो ।

तिन दिनमा ७३.१० करोड कमाए सगै यस चलचित्रले सजिलै सय करोड कमाउने अनुमान गरिएको छ । यस फिल्मलाई दर्शक र क्रिटिक्सबाट मिक्स रिभ्यू मिलिरहेको छ । चलचित्रमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन्। रोनीको भूमिकामा देखिएका उनको लुक निकै धमाकेदार छ। यो फिल्ममा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ। मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा पनि फिल्मका मुख्य कलाकार हुन्।

यस चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् ।साजिद नाडियाडवालाले निर्माण गरेको ‘बागी २’भारतमा ३५०० तथा बिदेशमा ६२५ पर्दामा रिलिज गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*