Friday , 27 April 2018
News update
Home >> Article >> चर्चित हास्य कलाकार धुर्मुस रंगशालाको सम्भावित अध्ययन गर्न चितवन आउँदै

चर्चित हास्य कलाकार धुर्मुस रंगशालाको सम्भावित अध्ययन गर्न चितवन आउँदै


नारायण ढुंगाना,

चितवन, २० चैत : भरतपुर महानगरपालिकाले चासो देखाएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि चितवनमा पनि सम्भाव्यता अध्ययन गर्न लागेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलव्ध गराउने घोषणा गरेपछि आज कलाकार सिताराम कट्टेल(धुर्मुस्)सहितको ईन्जिनियरको टोली सम्भाव्यता अध्ययनका लागि चितवन आउन लागेको कलाकार सिताराम कट्टेलले बताउनुभयो ।

विभिन्न स्थानमा सम्भाव्यता अध्ययनको काम भैरहेको भन्दै कलाकार कट्टेलले आजै चितवनको सम्भावित क्षेत्रको अध्ययन गरिने बताउनुभयो ।

सोमवार भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनमा सबै सम्भावना रहेको भन्दै पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा उक्त खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाएपछि फाउण्डेसनको टोली आज चितवन आउन लागेको हो ।

अध्ययन टोलीमा नेपाल ईन्जिनियर्स एसोसिएसनका उपमहासचिव रविभूणष झा समेत सहभागि हुनुहुन्छ ।
‘हामी खेलका सबै गतिविधि गर्न सकिने रंगशाला निर्माणको पहलमा छौं, कट्टेलले भन्नुभयो, साझा अबधारणाको परियोजना भएकाले सबैको अपनत्व हुनुपर्छ भनेर लागेका छौं ।’

उहाँका अनुसार ४० हजार क्षमताको बन्ने रंगशाला न्यूनतम ३०० रोपनीको जग्गा आवश्यक हुने जनाईएको छ । अहिलेसम्म फाउण्डेसनले भक्तपुर, मुलपानी स्टेडियम, रुपन्दैशीको सैनामैनाको ६५ विगाहा क्षेत्रको समेत स्थलगत अवलोकन गरिरहेको छ ।

‘सैनामैनामा आज देखिएको मासले एकचरण निर्माण सम्पन्न भैरहेको हामीले महसुस गरेका छौं, कट्टेलले भन्नुभयो, हाम्रो यो मल्टिपर्पाेजको अबधारणा हो, सबैले साथ दिने आशा छ ।’

आजै भैरहवाको निर्माणाधिन रंगशालाको अध्ययन गरेर अपरान्ह चितवन पुग्ने कट्टेलले बताउनुभयो । यसअघि फाउण्डेसनले सो विषयमा राखेप तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग समेत छलफल गरिरहेको छ ।

चितवनमा आज सम्भाव्यता अध्ययन गरेपछि पनि केन्द्रमा फर्किएर चाँडैनै टुंगोमा पुग्ने र निर्माणको काम अघि बढाउने फाउण्डेसनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*