Sunday , 15 July 2018
News update
Home >> bollywood >> ‘राजी’को ट्रेलरमा आलिया भट्टको फरक-फरक भूमिका (भिडियो)

‘राजी’को ट्रेलरमा आलिया भट्टको फरक-फरक भूमिका (भिडियो)

१९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित चलचित्र ‘राजी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बहुचर्चित यस चलचित्रमा आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा आलिया फरक-फरक भूमिकामा देखिएकी छिन् । बिशेष गरेर आलिया चलचित्रमा एक छोरी, पत्नी र जासूसको भूमिकामा देखिएकी छिन् । हरिंदर सिक्काको उपन्यास ‘कलिंग सहमत’ मा आधारित यस फिल्ममा आलिया एक कश्मिरको युवती ‘सहमत’ को भूमिकामा छिन्, जसको विवाह पाकिस्तानी सेना अधिकारीसँग हुन्छ ।

मेघना गुल्जारको निर्देशन रहेको ‘राजी’ मे ११ मा रिलिज हुँदैछ । करण जौहरको धर्मा प्रोडक्शन र जंगली पिक्चर्सले यस चलचित्रलाई निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*