Friday , 27 April 2018
News update
Home >> Features >> चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्र ‘हैरान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । जेष्ठ ४ गते बाट प्रदर्शनमा आउन लागेको  चलचित्र ‘हैरान’ को ‘हैरान हैरान’ बोलको गीत नया वर्ष २०७५ को उपहार स्वरुप सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ । सत्य-स्वरूपले सरगम आचार्य र बबिता मनाधरको स्वर रहेको सार्वजनिक गीतमा गिरिश खतिवडाको र्‍याप रहेको छ । गीतलाई गम्भीर विष्टको कोरियोग्राफी गरेका हुन् ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकारहरुलाई फ़िचरिङ्ग गरिएको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्मको कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*