Sunday , 15 July 2018
News update
Home >> Features >> ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशित ‘भोर’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशित ‘भोर’ को ट्रेलर सार्वजनिक (भिडियो)

यहि बैशाख २१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ।‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्देशित ‘भोर’ को ट्रेलर नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो।

तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेको यस फिल्मको ट्रेलरमा पनि त्यस कुरालाई जोडिएको छ। कृष्ण धरावासीले लेखेको यस फिल्ममा निर्देशक भट्टराई कै पटकथा रहेको छ। फिल्ममा राज तिमिल्सिना र राम गोपाल थापाको लगानी रहेको छ।

देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झालगायतको अभिनय रहेको छ। दीपक बज्राचार्यले छायांकन गरेको यस फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*