Sunday , 15 July 2018
News update
Home >> music & more >> ओम सुनार र कविता श्रेष्ठको ‘सम्झाउन खोज्छु यो मन’ को भिडियो सार्वजनिक

ओम सुनार र कविता श्रेष्ठको ‘सम्झाउन खोज्छु यो मन’ को भिडियो सार्वजनिक

गायक तथा संगीतकार ओम सुनार र कविता श्रेष्ठको स्वरमा सजिएको निकै सुमधुर गीतको भिडियो सार्वजनिक भएको छ। नयाँ वर्षलाई लक्षित गर्दै बैशाख १ गते ‘सम्झाउन खोज्छु यो मन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा ओम सुनारको संगीर रहेको छ भने कविता श्रेष्ठको शब्द रहेको छ ।उक्त गीतमा गायक गायिका ओम सुनार र कविता श्रेष्ठले नै अभिनय गरेका छन् ।मोडलिङ आफ्नो पेशा नभएपनि यसलाई नौलो प्रयोगको रुपमा लिन सकिने ओम र कविताको भनाइ छ ।

कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोमा निकै रोमान्टिक बनेको छ ।भिडियोलाई गायिका तथा मोडल कविता आफैले निर्देशन गरेकी हुन् ।दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*