Sunday , 15 July 2018
News update
Home >> Features >> असार २९ मा आउने भयो शिल्पा पोखरेल र अनुप विक्रम शाहीको वीराङ्गना

असार २९ मा आउने भयो शिल्पा पोखरेल र अनुप विक्रम शाहीको वीराङ्गना

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गना असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जनम दिनमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु श्सस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट कन्फर्म गरेको हो ।

चलचित्रमा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*