Sunday , 15 July 2018
News update
Home >> Features >> वुद्दि तामाङ‘हैट’ ‘कम्पनी माला’भन्दै दुई नायिका सग रोमान्स गर्दै भेटिए (भिडियो)

वुद्दि तामाङ‘हैट’ ‘कम्पनी माला’भन्दै दुई नायिका सग रोमान्स गर्दै भेटिए (भिडियो)

चलचित्र ‘चङ्गा’ को पहिलो गीत सार्वजनिक भएको छ ।लोक फ्लेभरमा आधारित ‘कम्पनी माला’बोलको सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीत तथा राजेन्द्र थापाको शब्द रहेको छ ।राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको यस गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई कोरियोग्राफर कविराज गहतराज नचाएका छन् ।

जेठ २५ बाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘चङ्गा’ लाई ‘डिट्ठा साब’ नामले परिचित कलाकार किशोर भण्डारीको निर्देशनमा’ निर्माण भएको हो ।पूर्ण रुपमा कमेडी कथामा निर्मा णभएको यस चलचित्रमा वुद्दि तामाङ, राजन खतिवडा, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, जीवन भट्टराई,रेश्मा तिमिल्सिना,लक्की भण्डारी , प्रेमबर्षा शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथा किशोरले नै लेखेका हुन् । चलचित्रमा रविन आचार्यको छायांकन, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेको छ ।चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने चलचित्रलाई रिश्मा तिमल्सिना निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*