Sunday , 15 July 2018
News update
Home >> Features >> चर्चित हास्य कलाकार मनोज गजुरेल ‘सयकडा दश’ मार्फत चलचित्र अभिनयमा

चर्चित हास्य कलाकार मनोज गजुरेल ‘सयकडा दश’ मार्फत चलचित्र अभिनयमा

चर्चित हास्य कलाकार मनोज गजुरेललाई अब चलचित्रको पर्दामा पनि देखिने भएको छ ।सोमबार बाट छायांकन सुरु भएको चलचित्र ‘सयकडा दश’ मार्फत गजुरेलको अभिनय चलचित्रमा समेत देख्न सकिने भएको छ ।

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिर बाट छायांकन सुरु गरिएको ‘सयकडा दश’ अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र नगरीमा स्वागत गरेका हुन् ।पहिलो पटक चलचित्रमा अभिनय गर्न लगेका गजुरेलले भने उपयुक्त चलचित्रको पर्खाइमा थिएँ,” “म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो त्यसैले यस चलचित्र मार्फत चलचित्रमा अभिनय सुरु गरेको हो ।”

सोसल एवं कमेडी ड्रामा जानरामा निर्माण गरिने यस चलचित्रलाई प्रेमगीत २ का निर्देशक रामशरण पाठकले निर्देशन गर्न लागेका हुन् । काठमाडौं र पोखरामा छायांकन हुने यस चलचित्रलाई दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् ।

‘सयकडा दश’ मा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानस्वी निरौला लगायत कलाकारको अभिनय रहने छ ।चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, र कल्याण सिंहको संगीत रहने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*