Monday , 21 May 2018
News update
Home >> bollywood >> सलमान खानले सुरु गते नया चलचित्र ‘भारत’को सुटिंग

सलमान खानले सुरु गते नया चलचित्र ‘भारत’को सुटिंग

१० दिन अघि मात्रै कालो हरिण केशमा ५ बर्षको लागि जेल चलान गरिएका बलिउड अभिनेता सलमान खान जेल बाट धरौटीमा रिहा भएका थिए ।मे ७ मा अदालतमा उपस्थित हुनुपर्ने बलिउड अभिनेता सलमान खानले आफ्नो नया चलचित्र ‘भारत’को सुटिंग सुरु गरेका छन् ।

चलचित्रका निर्देशक अली अब्बासले आफ्नो इंस्टाग्राम मार्फत तस्बिर सार्वजनिक गर्दै ‘भारत’ को सुटिंग सुरु भै सकेको जानकारी दिएका छन् ।सलमान खान सग ‘सुल्तान’ र ‘टाइगर जिंदा’ जस्ता सफल फिल्म निर्देशन गरेका ली अब्बासको यस चलचित्र ‘भारत’ २०१९ को ईद रिलिज हुनेछ।

२०१४ मा रिलिज भएको दक्षिण कोरियाली फिल्म ‘ओडी टू माइ फादर’ बाट प्रेरित ‘भारत’ को लगानी करिब १८० करोड हुनेछ ।यस चलचित्रलाई सलमान खानको अहिले सम्म कै महँगो फिल्म भनिएको छ । ‘भारत’ मा सलमान खानलाई १७ देखि ७० बर्ष सम्मको भूमिकामा देखन सकिन्छ ।

सलमान सगै यस चलचित्रमा को नायिकाले काम गर्दै छिन् मिडियामा सार्वजनिक नभए पनि कैटरीना कैफ र प्रियंका चोपड़ा दुवै यस चलचित्रमा अभिनय रहने कूरा बाहिरिएको छ । सलमान खान पहिलो पटक भिलेनको भूमिका देखा परेको चलचित्र रेस ३’यहि १५ जून बाट प्रदर्शनमा आउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*