Monday , 21 May 2018
News update
Home >> Uncategorized >> सलिनमान र सलोनको नया चलचित्र ‘यात्रा’को घोषणा ,मलिका महतले नायिकामा डेब्यु गर्दै

सलिनमान र सलोनको नया चलचित्र ‘यात्रा’को घोषणा ,मलिका महतले नायिकामा डेब्यु गर्दै

पहिलो चलचित्र ‘ए मेरो हजुर २’बाट नै सफलता हात परेका नायक सलिनमान बनियाँले अभिनय गर्ने दोस्रो चलचित्र ‘यात्रा’ को अफिसियल घोषणा गरिएको छ । सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी दिएको छ ।

चलचित्र ‘यात्रा : अ म्यूजिकल ब्लग’मा सलिनमान सगै सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रक्षा बज्रचार्य, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल,बिशाल पहाडीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।यसै चलचित्र मार्फत सलिनको जोडीको रुपमा नव-नायिका मलिका महत देखिँदैछिन् ।

चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दै छन् भने कोटकी कालिका देवी प्रालीको व्यानरमा केशव भट्टराईले निर्माण गर्न लागेका हुन् ।मुक्ती तिमल्सिना, मधू क्षेत्री र धर्मराज अधिकारीको पनि चलचित्रमा लगानी रहने छ ।

असोज ५ गतेलाई प्रदर्शनमा आउने यस चलचित्र बैशाख २५ गते देखि फ्लोरमा जादैछ ।चलचित्रको छायांकन ४५ दिनमा सकिने जानकारी दिएको छ।
सञ्जय लामाको छायांकन ,हिमाल केसीको द्वन्द्व रहने यस फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी रहनेछ ।

शम्भुजित बाँस्कोटा, प्रतीक पौडेल, कोबिद बज्रको संगीत रहने ‘यात्रा’ लाई बनिश शाहले सम्पादन गर्नेछन् । चलचित्रमा निर्देशक शाक्यसँगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खतिको लेखन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*