Monday , 23 July 2018
News update
Home >> Features >> टंक बुढाथोकीले भाइरल बालक अशोक दर्जिको गीत रेकर्ड गराए,यूट्यूव ट्रेन्डिङमा अशोकको भिडियो

टंक बुढाथोकीले भाइरल बालक अशोक दर्जिको गीत रेकर्ड गराए,यूट्यूव ट्रेन्डिङमा अशोकको भिडियो

बाटो बाटोमा गीत गाउदै हिनेर यूट्यूवमा भाइरल भएका बालक अशोक दर्जिको जीवन राता रात बदलिएको छ ।पूर्व बाट संचालनमा आएका केहि यूट्यूवमा अशोकको अन्तरबार्ता र गीत भाइरल भए सगै गायक तथा संगीतकार टंक बुढाथोकी उनको जीवनमा खुसि बनेर आएका छन्।

टंक बुढाथोकी र डीजे रुपकको पहलमा अशोकलाई ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको आधुनिक गीत गाउन दिएका छन् ।बुढाथोकीको स्टुडियो ९ मा अशोकको गीत रेकर्ड सगै उनको चर्चा झन् चुलिएको छ ।

नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि ५० भित्र १२ भन्दा बादी अशोक दर्जीको भिडियोहरु परेका छन् । संगीतकार तथा गायक टंक बुढाथोकीले अशोक दर्जीलाई काठमाडौं ल्याएर गीत रेकर्डको लागि तयारी गरि रहदा आफ्नो यूट्यूव मार्फत उनको गीत रेकर्ड गर्न लागेको जानकारी दिए लगतै देश भरिका मिडियामा उनले स्थान पाएका थिए ।

केहि दिन पहिला सम्म सडकमा उभिएर गीत गाउँदै पैसा बटुल्ने उनी अहिले स्कुल भर्ना भएका छन् र उनको स्वरमा पहिलो गीत पनि रेकर्ड भएको छ ।मोरङको उर्लाबारीमा रहेको बेथेल एजुकेसनल एकेडेमीले उनलाई १० कक्षासम्म निशुल्क पढाइदिने भएको छ । अशोकलाई स्कुल ड्रेस र पाठ्यसामग्री उपलब्ध गराइएको छ । उनका दिदीबहिनीको पढाईको जिम्मेवारी पनि स्कुलले लिएको छ ।

अत्यन्त चञ्चल स्वभावका अशोकले सुर र तालमा निकै मिहिनेत गर्नुपर्ने देखिएको तर, भ्वाइस क्वालिटी राम्रो रहेको संगीतकार टंक बुढाथोकीले प्रतिक्रिया दिएक छन् । अशोक अक्षर चिन्दैनन् केवल एक देखि १० सम्म भन्न सक्छन् त्यत्ति हो । अक्षर नचिन्ने भएकाले गीत कन्ठ गराउन गाह्रो परेको बुढाथोकीले बताए ।

केहि दिनमा नै अशोक दर्जीले गाएको गीत सार्वजनिक गर्ने तयारीमा रहेका गायक तथा संगीतकार टंक बुढाथोकीले उनको लागि आफुले जति सक्छु त्यति गर्न तयार रहेको समेत बताए ।

टंक बुढाथोकीको अफिसियल यूट्यूव च्यानल बाट रिलिज गर्न लागिएको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतमा शब्द भिम नेपालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*