Monday , 23 July 2018
News update
Home >> bollywood >> सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टीजरमा रणबीर कपूर दुरुस्तै (भिडियो)

सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टीजरमा रणबीर कपूर दुरुस्तै (भिडियो)


बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक चलचित्र ‘सञ्जु’ को अफिसियल टीजर सार्वजनिक भएको छ । यो बर्ष निकै नै चर्चामा रहेको चलचित्र ‘सञ्जु’ सञ्जय दत्तको रणबीर कपूर देखा परेका छन् ।

बायोपिक चलचित्र ‘सञ्जु’को टीजरमा रणबीर कपूरलाई फरक फरक भूमिकामा प्रस्तुत गरिएको छ । टीजर रिलीज अगाडि फिल्मको पोष्टर सार्वजनिक गरिएको थियो ।पोष्टरमा रणबीर कपूर दुरुस्तै सञ्जय दत्त देखिएका छन् ।

चलचित्रलाई राज कुमार हिरानी निर्देशक गरेका हुन् हुन् ।२९ जूनमा रिलिज हुने यस चलचित्रलाई विधु विनोद चोपडाको निर्माण गरेका हुन् ।चलचित्रमा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा मनिषा कोइराला देखिएकी छिन् ।

रणबीर र मनिषाको अलावा चलचित्रमा परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी लगायत कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*