Monday , 21 May 2018
News update
Home >> bollywood >> बलिउड चर्चित अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल

बलिउड चर्चित अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल

दिल्लीको कडकडडूमा आदालतले चेक बाउन्स गरेको आरोपमा बलिउड चर्चित अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय तोकीएको छ । अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

भारतीय मिडियाका अनुसार अदालतले उनलाई तीन लाख पचास हजार रुपैयाँ धरौटीमा जमानत दिएको छ । राजपाल माथी ७ वटा चेक बाउन्स भएको आरोप लागेपछि उनी पछिल्लो समय तनावमा थिए । यादवलाई प्रति चेक एक करोड ६० लाख रुपैयाँ हर्जना तिर्न अदालतले आदेश दिएको छ । राजपाल यादव र उनकी पत्नी राधासहित उनको कम्पनीका सात जनालाई चेक बाउन्स भएको आरोपमा अदालतले दोषी ठहर गरेको र राजपालले अदालतको फैसला आफ्ना लागी स्वीकार्य भएको बताएका थिए ।

यस ममिलामा राजपाल यादव पत्नी राधालाई पनि अदालतले १० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले सजाय सुनाए पछि यादवले मिडियासँग कुराकानी गर्दै अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले यो मामिलामा उच्च अदालत जाने पनि बताए ।

गत अप्रिलमा अदालतले राजपाल यादव र उनकी पत्नी चेक बाउन्स मुद्दामा दोषी करार गरेको थियो । अदालतका अनुसार आरोपीले चेकमा आफ्नो हस्ताक्षर भएको स्वीकारेका थिए ।

चेक बाउन्सको यो मुद्दा सन् २०१० को हो । लक्ष्मी नगर स्थित मुरली प्रोजेक्टस लिमिटेडले प्रीत बिहार थानामा सातवटा चेक बाउन्स भएको उजुरी दर्ता गरेको थियो ।कम्पनीका अनुसार यादवले ‘अता पता लपता’ बनाउन ५ करोड ऋण लिएका थिए । सन् २०१२ मा चलचित्र रिलिज भयो, तर चलचित्र फ्लप हुनपुग्यो । त्यसपछि यादवले फैसा तिरेनन् ।

उजुरीपछि यादवलाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी अदालतमा गएनन् । उनको वकिलले गलत हलफनामा पेश गरेपछि अदालत रुष्ट बनेको थियो ।सन् २०१३ मा यही मामिलामा यादवलाई दिल्ली उच्च अदालतले यादवलाई न्यायीक हिरासतमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*