Monday , 21 May 2018
News update
Home >> Features >> ‘पन्डित बाजेको लौरी’ को टीजर सार्वजनिक,साउन ४ रिलिज हुने

‘पन्डित बाजेको लौरी’ को टीजर सार्वजनिक,साउन ४ रिलिज हुने

साउन ४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पन्डित बाजेको लौरी’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ ।गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको ‘पन्डित बाजेको लौरी’लाई दीपक ओलीले निर्देशन गरेका हुन्।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयूक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।

महेश दवाडीको कथा, पटकथा र संवाद रहने फिल्ममा बिदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*