Monday , 23 July 2018
News update
Home >> Features >> ‘चलचित्र पत्रकारिता दिवस’मा यी पत्रकारलाई संघले सम्मान प्रदान गर्दै

‘चलचित्र पत्रकारिता दिवस’मा यी पत्रकारलाई संघले सम्मान प्रदान गर्दै

चलचित्र पत्रकार संघ नेपालले प्रत्येक वर्ष जेठ–७ गतेलाई ‘चलचित्र पत्रकारिता दिवस’का रूपमा मनाउँदै आइरहेको छ । ०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा संघ विधिवत् रूपमा दर्ता भएको थियो । त्यसैले यो दिनलाई संघले उत्सवको रूपमा मनाउँदै आइरहेको हो ।

मिति २०७५ जेठ २ गते बुधबार (आज) बसेको संघको कार्यसमिति बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर संघले प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारसम्बन्धी निर्णय गरेको छ । संघले यसवर्ष चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशील दुईजना पत्रकारलाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गर्ने भएको छ । आज बसेको बैठकले संघका पूर्वउपाध्यक्ष तथा हाल रमाइलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको छ । चलचित्र पत्रकारितामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै संघले पाण्डे र लम्साललाई सम्मान गर्ने निर्णय गरेको हो ।

यसैगरी संघले संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा निरन्तर देखिएको सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरूप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

त्यसैगरी संघले अघिल्लो वर्षदेखि वितरण गर्न थालेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष फिल्मी खबर डटकममा कार्यरत पत्रकार अञ्जान दाहाल (मनिष) लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रोत्साहन पुरस्कारमा दाहाललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । संघले आगामी जेठ ७ गते १९ औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा यी सम्मान तथा पुरस्कार वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*