Monday , 23 July 2018
News update
Home >> Features >> चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक, जेठ २५मा प्रदर्शन हुने (भिडियो )

चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक, जेठ २५मा प्रदर्शन हुने (भिडियो )

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘मट्टी माला’को ट्रेलर रिलिज गरिएकोछ ।चलचित्रको ट्रेलर रिलिज सगै चलचित्र जेठ २५ गते बाट प्रदर्शनमा आउन लागेको जानकारी दिएको थियो ।

चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ, चिरन राई, संज्ञा श्रेष्ठ, शिशिर राणा, अर्जुन गुरुङ, अरुणा कार्की, दीपक आचार्य लगायतको अभिनय देख्न सकिन्छ ।नायिका प्रियंका कार्की चलचित्रमा बिशेष भूमिकामा देखा पर्दैछिन् ।

पौरखी फिलिम्स्को व्यानरमा निर्माण भएको यस चलचित्रलाई प्रविन राईले निर्माण गरेका हुन् ।काठमाडौं, कुलेखानी, घान्द्रुुक, सिन्धुली, काभ्रेलगायतमा छायांकन गरिएको ‘मट्टी माला’लाई टेके पौरखी राईले निर्देशन गरेका हुन् ।

कविराज गहतराज, राजेश पुमा र दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, समन राईको संगीत, छायांकन राहुल राई, टेके पौरखी राईको कथा पटकथा तथा संवाद रहेको’मट्टी माला’लाई अनिल कुमार मर्हजनले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*