Saturday , 23 June 2018
News update
Home >> Features >> बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्का सगै यी कलाकारको भयो इन्ट्री

बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्का सगै यी कलाकारको भयो इन्ट्री

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ मा नायिका स्वस्तिमा खड्काको इन्ट्री भएको छ।दशैंमा रिलिज हुने यस चलचित्रको छायांकन अहिले धमाधम भै रहेको छ पोखरमा छायांकन भइरहेको फिल्ममा स्वस्तिमाले शनिबार सुटिङ ज्वाइन गरेकी हुन्।

चलचित्रमा स्वतिमाको केही सिन र एक गीत रहेको छ। उनले अन्य सिन सकिसकेकी छन् भने गीत बाँकी छ।छक्का पञ्जा सिक्वेलकी बर्षा राउतले पनि पोखरामा पुगेर छायाँकन सकाएकी छन् । उनीसँगै प्रेमी संजोग कोइराला पनि यसपाली सुपरहिट सिरिजमा समावेश भएका छन् । नायिका प्रियंकको कार्कीको फिल्ममा विशेष भूमिका छ ।

‘छक्का पञ्जा ३’ को छायांकन अन्तिम चरणमा पुगिसकेको छ। पोखरमा केही दिनको सुटिङ सेड्युल सकेर फिल्म युनिट काठमाडौं फर्किने र बाँकी छायांकन काठमाडौंमै गरिने निर्माण युनिटले बताएको छ।

दीपाश्री निरौलाको निर्देशक फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ। पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*