Saturday , 23 June 2018
News update
Home >> Features >> सन्तोष सेनको चलचित्र ‘मेरी मामु’मा आयुव सेन र कुसुम गुरुङले डेब्यु गर्दै

सन्तोष सेनको चलचित्र ‘मेरी मामु’मा आयुव सेन र कुसुम गुरुङले डेब्यु गर्दै

सफल चलचित्र प्रेम गीत’ र ‘प्रेम गीत २’ निर्माण गरेका निर्माता सन्तोष सेनले चलचित्र ‘मेरी मामु’ बनाउन लागेका छन् । ६ बर्षका बालक आयुव सेनको मुख्य भूमिका रहने ‘मेरी मामु’लण्डन निवासी कुसुम गुरुङले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

याम थापाले निर्देशन रहने ‘मेरी मामु’ को लागि ६ महिना लामो अभिनय कोर्ष पछि निर्माता सेनले छोरालाई फिल्ममा लिएका हुन् ।आसुसेन फिल्मस्को चौथो प्रस्तुतिका रुपमा बन्न लागेको चलचित्र ‘मेरी मामु’ असार ३ गतेबाट फ्लोरमा जान लागेको हो ।

कुसुम गुरुङले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा उनले अभिनय समेत गरेकी छन् । सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ ।

बालमनोविज्ञानमा बन्ने चलचित्र ‘मेरी मामु’को अहिले वर्कसप भइरहेको छ । ‘प्रेमगीत २’कि अभिनेत्री अश्लेषा ठकुरीको पनि यस फिल्ममा अभिनय रहने कुरा बाहिरिएको छ ।चलचित्रको काठमाण्डौ,चितवन लगायतको ठाउमा छायांकन हुदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*