Saturday , 23 June 2018
News update
Home >> Features >> कलाकार भीमबहादुर थापाको निधन

कलाकार भीमबहादुर थापाको निधन

कलाकार भीमबहादुर थापाको गएराती मृत्यु भएको छ । काठमाडौंको मैतीदेवीमा बस्दै आएका थापाको ९२ वर्षको उमेरमा गएराती २ बजे निधन भएको हो । कलाकार थापा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् ।

उनले थुप्रै चलचित्र, टेलिचलचित्र र विज्ञापनमा अभिनय गरेका थिए । ६७ वटा कथानक चलचित्रमा काम गरेका थापाले १६३ वटा टेलिचलचित्र र ६५ वटा विज्ञापनमा काम गरेका थिए । त्यस्तै उनले थुप्रै गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

उनले हाँस्य टेलिश्रृखला ‘तीतो सत्य’मा लामो समय काम गरे । “हामीले करिब आठ वर्ष तीतो सत्यमा काम गर्यौं । कलाप्रति समर्पित उहाँ निकै मेहनती हुनुहुन्थ्यो,” कलाकार तथा निर्देशक दीपकराज गिरीले भने, “मलाई र दीपालाई त उहाँ आफ्नै छोराछोरी जस्तै माया गर्नुहुन्थ्यो, दीपाजीलाई त एक साता देख्नुभएन भने किन भेट्न नआएको भनेर कराउनु हुन्थ्यो । पारिवारिक रुपमै हाम्रो आउजाउ थियो ।”

उनले दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा–२’ पनि अभिनय गरेका थिए । “उहाँले हामीसँगै ‘देवी’मा पनि अभिनय गर्नु भएको थियो,” गिरीले भने । नेपाली सेनामा लामो समय काम गरेका उनले दोस्रो विश्व युद्धमा समेत लडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*