Saturday , 21 July 2018
News update
Home >> Features >> नायक प्रदीप खड्काको चलचित्र ‘रोजी’को छायाँकन किन रोकियो !

नायक प्रदीप खड्काको चलचित्र ‘रोजी’को छायाँकन किन रोकियो !

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘रोजी’को छायाँकन रोकिएको छ। चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलको निर्देशनमा फिल्मको छायाँकन रोकिएको हो।

फिल्मको सुटिङ तत्काल नरोके प्रहरीमा उजुरी दिने महर्जन परिवारको निर्णयपश्चात् विकास बोर्डले बिहीवार फिल्मको सम्पूर्ण छायांकन तत्काल रोक्न निर्देशन दिएको छ । बिहीवार सुटिङ नै रोकेर ‘रोजी’ टिम महर्जनको परिवारसँग छलफल गर्न चलचित्र विकास बोर्ड पुगेको थियो ।

फिल्म ‘रोजी’ सन् २०११ मा भएको रोजी महर्जन हत्याकाण्डसँग सम्बन्धित छ। त्यसैले रोजीको परिवारले मृत छोरीमाथि अन्याय भएको हुनसक्ने भन्दै छायाँकन रोक्न माग गरेको हो। रोजीको परिवारले फिल्मको कथामाथि छानविन गर्न विकास बोर्डलाई आग्रह समेत गरेको छ। फिल्मको कथामा छलफल गरेर सहमति गरेर मात्र छायाँकन सुरु गर्न विकास बोर्ड अध्यक्ष पौडेलले निर्माण युनिटलाई सुझाव दिएकी छिन्। निरक पौडेल निर्देशित फिल्ममा प्रदीप खड्का, परमिता आरएल राना, मिरुना मगर, कर्मालगायतको मुख्य भूमिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*