Saturday , 21 July 2018
News update
Home >> Features >> सविन श्रेष्ठको ‘ए सोल्टिनी’ असार १५ मा आउने

सविन श्रेष्ठको ‘ए सोल्टिनी’ असार १५ मा आउने

चलचित्र ‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने निर्देशक निमा लामा तामाङले जानकारी दिएक छन्।

चलचित्र ‘ए सोल्टिनी’मा सविन श्रेष्ठ अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारले अभिनय गरेका छन् । दिलकुमार घलान तामाङले निर्माण तथा जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ चलचित्रको प्रस्तुतकर्ता रहेको छन् ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*